इलाममा आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०७:४२ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।