झापाबाट लागूऔषधसहित एक जना पक्राउ

न्युजलय ३१ भदौ २०८०, आइतबार १२:४१ मा प्रकाशित

  झापा । अवैध लागूऔषधसहित झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय आषिश राई रहेको प्रहरीले जनाएकोक छ । राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठा खानतलासी गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।