काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले एमसीसी पास गर्ने विषयमा प्रश्न राखेको र आफूले सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको देउवाले प्रस्ट पारे । उनीहरुबीच मंगलबार भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’
देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्छ भन्ने जिज्ञाशा राखेको जानकारी दिए । नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ ।
अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ ।