इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल बीबीएस चौथो वर्षको परिक्षामा नेपाल प्रथम भएको दाबी गरिएको छ ।
रामधुनी ५ निवासी दाहालले ८३.२५ प्रतिशत अंक ल्याएकी छिन् । यो अंक उक्त परिक्षामा देशभरकै विद्यार्थीले पाएको भन्दा बढी भएको दावी गरिएको छ ।
यसअघि विराटनगरको मेरिल्याण्ड कलेजले आफ्नो छात्र प्रथम भएको दावी गरेको थियो । कलेजका प्रवेश पौडेलले ८१.६ प्रतिशत अंक ल्याएका थिए । उनको भन्दा बढी अंक जीविकाले पाएको खुलेको हो ।