काठमाडौं । काठमाडौंमै घरभित्र आगो बालेर सुतेका एक दम्पत्तिको निस्सासिएर मृत्यु भएको छ।
शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएइर मृत्यु भएको अनुमान गरिएको छ।
घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।