सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक चन्द्रमोहन बेपत्ता

न्युजलय १४ असार २०७९, मङ्गलबार ०५:०० मा प्रकाशित

सोलुखुम्बु । सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित  तेङबोचेको फुंगाथाङ्बाट ३१ वर्षीय डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।

जेठ ५ बाट चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । 

प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको जनाइएको छ । 

चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ ।