काठमाडौ । ललितपुरमा गरिएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को प्रथम विशेष भेलामा चर्चित स्वतन्त्र मेयरहरु नै अनुपस्थित भएका छन् । प्रमुख अतिथिको रुपमा निम्ताइएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नै अनुपस्थित भए ।
यसैगरी धरानका मेयर हर्क साम्पाङ र धनगढीका गोपाल हमाल पनि कार्यक्रममा गएनन् ।
६ पन्ने अवधारणापत्रसहित अभियानका संयोजक डम्बर साहुले स्वतन्त्र अभियानका उम्मेदवार बन्न आवश्यक मापदण्डदेखि आगामी निर्वाचनमा अवलम्बन हुने नीति सम्म कार्यक्रममा प्रस्तुत गरेका थिए ।
भेलामा लगभग साढे ३ सय व्यक्तिको उपस्थिति थियो । काठमाडौंकै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी लगायतको उपस्थिति थियो । भेलाले सहभागीहरुको सुझाव संकलन गरेको थियो ।