२०७८ साल माघ ६ गते बिहिबार

काठमाडौंसहित देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह

न्युजलय ३० पुस २०७८, शुक्रबार ०८:१२ मा प्रकाशित
काठमाडौं । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । 
  
आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौंमा बदली हुनेछ।  

आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
 
आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।