जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी इटहरीका चौधरी पक्राउ

न्युजलय ९ मङ्सिर २०८०, शनिवार ०१:४२ मा प्रकाशित

इटहरी । जबरजस्ती करणी मुद्धाका एकजना फरार प्रतिवादीलाई कोसी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

सुनसरी जिल्ला अदालतको मिति २०८० बैशाख ३१ गतेको सजाय निर्धारण फैसला आदेशले एक वर्ष ४ महिना ६ दिन कैद सजाय तोकिएका इटहरी १४ का ४२ वर्षीय दुलार चौधरीलाई शुक्रबार गाउँघरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उपस्थित गराइकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।