नर्वेको ओस्लोमा पनि ‘ओमिक्रोन’ भाइरस देखिएसँगै प्रतिबन्ध लागू

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ०८:४५ मा प्रकाशित

काठमाडौं । ओमिक्रोन भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ ।


कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।


गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट नै पुष्टि भएको ओस्लो नगर प्रशासनले जनाएको छ ।


भोजमा सहभागी सबैले खोप लगाएको तर उनीमध्ये केही दक्षिण अफ्रिकाबाट ओस्लो पुगेको पाइएको समाचार संस्था एएफपीले जनाएको छ ।