यात्रुले लगेजमा ‘स्प्रिट’ बोक्दा श्री एयरलाइन्सको जहाज ‘डिले’

न्युजलय २० जेठ २०८१, आइतबार ०५:४६ मा प्रकाशित

काठमाडौँ । यात्रुले लगेको ‘स्प्रिट’को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले (ढिलाइ) भएको छ।

यो आइतबार बिहान काठमाडौंबाट धनगढी उडानको क्रममा भएको हो। धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो। 

७४ जना यात्रुलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ। जहाजमा धूवाँ देखिएको सूचना बाहिरिए पनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्रिट’ बोकेको कारण इन्डिकेटरमा देखिएको जनाएको छ। 

त्रिभुवन विमानस्थलले भने आधिकारिक जानकारी दिएको छैन।