घट्यो सुनको मूल्य

न्युजलय ७ असार २०८०, बिहिबार ११:२३ मा प्रकाशित

 काठमाडौं । बिहीबार(आज) सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। 

आज सुन प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ।