चितवनमा फेरि देखियो बर्डफ्लुको संक्रमण

न्युजलय २८ माघ २०७८, शुक्रबार ०७:५७ मा प्रकाशित

चितवन । चितवनमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमुना सङ्कलन गरी काठमाडौं पठाइएकोमा बिहीबार सङ्क्रमण पुष्टि भएको बताइएको छ । बर्डफ्लुको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा २ हजार कुखुरा  छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने बताइएको छ । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने बताइएको छ ।