काठमाडौँ । चीनले नेपालको लिपुलेकलाईसमेत आफ्नो भुभागमा समेटेर नक्सा जारी गरेको छ ।
सोमबार स्ट्यान्डर्ड म्याप भन्दै चीनले नयाँ नक्सा जारी गरेको हो । सो नक्सामा नेपालको चुच्चे भाग चीनतर्फ पारिएको छ ।
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।