इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा बुझाएका छन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका कार्कीले आज (शनिबार) प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीलाई प्रदेश प्रमुख खापुङले गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ (३) बमोजिम कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
शनिबार कार्कीले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय थियो । विश्वासको मत प्राप्त गर्ने संकेत नदेखिएपछि कार्कीले राजीनामा दिएका हुन् । कोशी प्रदेशमा अब संविाधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ ।