थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय ५ असोज २०७९, बुधबार १०:२३ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । 

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।