मोरङमा ट्याक्टरबाट लडेर घाइते भएका चौधरीको मृत्यु

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०३:४८ मा प्रकाशित

मोरङ । मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा घाइते भएका अलकछन चौधरीको मृत्यु भएको छ ।

मंसिर १४ गते बेलबारी ४ धरहरामा गिट्टी लोड गरेको को २ त ८१२० नं को ट्याक्टरमा काम गर्ने सोही ठाउँका ५० वर्षीय चौधरी ट्याक्टरको ट्रलीबाट लडेर घाइते भएका थिए ।

घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।