देशभर आज थप १५७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४९७८ पुग्यो

न्युजलय १० पुस २०७८, शनिवार ११:५३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४२८३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।


त्यस्तै, २१६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।


यो अवधिमा एक जना संक्रमितको निधन भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।


अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् ।


मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जना डिस्चार्ज भएका छन् भने दुई लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।