इटहरी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालले ‘किरात राई मुन्दुम संस्कार रिसिया’ लोकार्पण गरेको छ ।
शनिबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको प्रमुख आतिथ्यतामा तीन चुल्हामा आगो बालेर लोकार्पण कार्यक्रमको उदघाटन गरिएको हो ।
मोरङको सुन्दरहरैचा, गछिया स्थित आदिवासी जनजाति भवनमा भएको लोकार्पण समारोहमा किरात राई यायोक्खा प्रतिनिधि, मुन्दुम जानकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा किरात राई मुन्दुम अध्ययन केन्द्र सुनसरीका अध्यक्ष बसन्त राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, किरात राई यायोक्खा उपाध्यक्ष तिलक याम्फू, किरात राई यायोक्खा प्रदेश सचिव राम माण्डुपा राई, किरात राई बान्तावा खिम अध्यक्ष ज्ञान किराती, किरात राई सुम्निमा संघ उपाध्यक्ष सिता राई, भोजपुर जिल्ला समन्वय समिति सदस्य चन्द्र किराती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्कृति अध्यता जीतेन राई र डा। शान्तिदेवी राईको सङ्कलन रहेको ‘किरात राई मुन्दुम संस्कार रिसिया’ पुस्तकमा किरात राई जातिको जन्म देखि मृत्यु सम्मको संस्कार गर्ने रिसियालाई समेटिएको छ ।