भोलिदेखि विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौं जाँदै

न्युजलय २ असोज २०८०, मङ्गलबार ०२:०६ मा प्रकाशित

काठमाडौं । देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर बुधबार( भोलि) देखि आन्दोलनको तयारी गरेका छन् ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका १ लाख जना शिक्षक भोलिदेखि काठमाडौं आएर आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी छ ।

विधेयकमा शिक्षकलाई पालिका तहमा राख्ने विषयमा उनीहरुको सबैभन्दा ठूलो विरोध रहेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ ।