सर्वोच्चले गर्‍यो कोसी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति खारेज

न्युजलय ११ साउन २०८०, बिहिबार ०९:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले कोसी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।