बुधबार–बिहीबारदेखि नेपालमा मनसुन भित्रिने

न्युजलय ३० जेठ २०८०, मङ्गलबार १२:०९ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । 

जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।

मौसमविद्ले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । नेपालको पूर्वी भू–भागबाट मनसुन भित्रिने गर्छ । बुधबार बिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्ने मौसविद्ले जानकारी दिएका छन् । 

बुधबार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच मौसम विज्ञान विभागले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ ।