इटहरी । इटहरीमा छोरासँगको रिसले आमाको हत्या भएको छ ।
इटहरी–१२ खनारमा आइतबार अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै पुगेर छुरा प्रहार गरेका हुन् ।
छोरालाई नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।हत्यामा संलग्न गणेशलाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।