विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनमा शुभकामना दिने बेलामै आलोचना गर्नुभन्दा यसलाई सच्याउन पर्ने बताएका छन् ।
एमालेका संसदीय दलका नेता भीम आचार्यले सरकारले कामै गर्न नसकेको भन्दै आलोचना र टिकाटिप्पणी गरेपछि जवाफमा मुख्यमन्त्री खरो ढंगमा सदनमा प्रस्तुत भए । एक समय नेकपा एमालेमा छँदा दुवै नेता एउटै समूहमा थिए । अहिले राई नेकपा एसतिर लागेर कांग्रेससँग गठबन्धन गरी मुख्यमन्त्री बनेका छन् ।
प्रदेश नं १ को दशौँ तथा बजेट अधिवेशन आजबाट शुरु भएको छ । राई भनेले ‘हिजो एमाले नेतृत्वको सरकारले गरेका गलत कामको कारण आर्थिक समस्या निम्तिएको हो ।’