विराटनगरमा आगलागी हुँदा पाँच जना घाइते

न्युजलय २० मङ्सिर २०८०, बुधबार ०३:३५ मा प्रकाशित

विराटनगर  । विराटनगरको कवाडी गोदाममा बुधबार(आज) आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा एक्कासी आगलागी भएको हो । 

आगलागीमा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरी अनुसार घटनामा घाइते भएका चार जनालाई न्यूरो अस्पतालमा र एक जनालाई कोशी अस्पतालमा उपचाररार्थ लगिएको छ। घाइतेहरूको विवरण खुलिनसकेको प्रहरीले जानकारी दिए।

विराटनगर महानगरका २ वटा दमकल, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।