२०७८ साल मङ्सिर १३ गते सोमबार

थप ३सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०४:४३ मा प्रकाशित

काठमाण्डौ । देशभर थप ३०८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।