खोटाङमा पहिराले एउटा घर बगायो, ११ घर जोखिममा

न्युजलय १८ असार २०७९, शनिवार ०९:४२ मा प्रकाशित

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँडागाउँमा पहिरो खस्दा एउटा घर बगाएको छ।

११ घर उच्च जोखिममा समेत परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरू भएको पहिराले स्थानीयबासी बलराम खत्रीको घर बगाएको हो।

उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन। रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडोसमेत पुरेको बताइएको छ । 

कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको बताइएको छ ।