काठमाण्डौ । पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।
हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् ।