मन्त्री आलेले गरे विराटनगर विमानस्थलको शौचालय अनुगमन

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०६:१३ मा प्रकाशित

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । 

शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् । विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेका थिए । 

शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन् । शौचालयको अनुगमन गर्ने कार्यक्रम अचानक बनेको थियो ।

मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने समेत दाबी गरे ।