म्यानमारको खानीमा पहिरो जादा कम्तिमा ७० जना बेपत्ता

न्युजलय ७ पुस २०७८, बुधबार १२:०३ मा प्रकाशित

काठमाण्डौ । उत्तरी म्यानमारको एक खानीमा पहिरो जादा कम्तिमा ७० मजदुर बेपत्ता भएका छन् । 

बुधबार(आज) बिहान काचिन राज्यको पाकन्त क्षेत्रस्थित जेड खानीमा पहिरो जाँदा कम्तीमा ७० बेपत्ता भएका हुन् ।

पहिरोपछि हराएकाहरुको खोजी र उद्धार कार्य जारी राखिएको अधिकारीहरुले बताएका छन् । सो खानी अवैध रुपमा सञ्चालन भएको हुन सक्ने अनुमान गरिएको छ ।

म्यानमार जेड खानीको लागि संसारकै मुख्य स्रोत मानिन्छ। तर, पछिल्लो समय म्यानमारका जेड खानीमा सबैभन्दा बढि दुर्घटजा हुने गरेको पाइएको छ।