बढ्यो सुनको भाउ

न्युजलय ५ कार्तिक २०८१, सोमबार ११:१० मा प्रकाशित

काठमाडौँ ।  सोमबार(आज) सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । 

हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।