एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्री परिवर्तन गर्दै

न्युजलय २३ जेठ २०७९, सोमबार ०१:११ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्री परिवर्तन गर्ने भएको छ ।   


एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्यमन्त्री, प्रेम आले पर्यटनमन्त्री, किसान श्रेष्ठ श्रममन्त्री, गोविन्द बन्दी कानुन र रामकुमारी झाँक्री सहरी विकासमन्त्री छन्।


यस्तै, भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री​को जिम्मेवारीमा छन्।

 

एकीकृत समाजवादी उच्च स्रोतका अनुसार कानुनमन्त्री बन्दीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिएको हो।


नयाँ पठाउने मन्त्रीबारे भने निर्णय भइनसकेको जनाइएको छ।