धनकुटामा पहिलोपटक माटो परीक्षण सुरु

न्युजलय २२ कार्तिक २०८०, बुधबार ०७:३७ मा प्रकाशित

मोरङ । कृषि सुधारका लागि धनकुटा जिल्लामै पहिलो पटक माटो परीक्षण सुरु गरिएको छ ।


साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिका क्षेत्रको माटो परिक्षण गरेर उपयुक्त बालीको लागि सल्लाह दिइने बताए । 


अध्यक्ष रुम्दालीले माटो परीक्षणका लागि प्रयोशाला स्थापना गरी कृषकलाई निःशुल्क सेवा दिइएको बताए । 


माटो परीक्षणका क्रममा माटोमा देखिने अम्लियपन, प्राङ्गारिक अवस्था, नाइट्रोजन, पोटास, फोस्फोरस र छारेपनलगायतको अवस्था जाँच्ने र सोहीअनुसार सुधार गर्न सिफारिस गरिने गाँउपालिकाको कृषि शाखाले जनाएको छ।