काठमाण्डौ । नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ आयातनिर्यात गर्न पाउने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थको आयातनिर्यात गर्न पाउने प्रमाणपत्र हस्तान्तरण गरेको हो।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कार्गोको रुपमा तीन गुणा बढी शुल्क तिरी यस्ता वस्तुहरु निगमको जहाजले ढुवानी गर्न पाउने भएको बताए।
सोमबार मन्त्रालयमा कार्यक्रम नै राखेर नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रेम आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताए।
मन्त्री आलेले खतराजन्य पदार्थ आयातनिर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने बताए। स्थानीय लेभलमा व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुने गरेको बताउँदै मन्त्री आलेले सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्ने बताए।