थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार १०:३२ मा प्रकाशित

काठमाडौं । देशभर थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ नमुना परीक्षण गर्दा जम्मा तीन सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । 

यसबीच सो अवधिमा तीन सय ८९ जना संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप तीन जन संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ६९ पुगेको छ। 

हाल नेपालमा सात हजार चार सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।