फिलिपिन्समा भूकम्प, २६ जना घाइते

न्युजलय ९ कार्तिक २०७९, बुधबार १०:०२ मा प्रकाशित

काठमाडौँ । फिलिपिन्समा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जाँदा २६ जना घाइते भएका छन् । भूकम्पका कारण काग्यान प्रान्तस्थित भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । यहाँका दुई सहरमा विद्युत बन्द हुनुका साथै पुल र सडक भत्किएका छन् । यस्तै अब्रास्थित ला पाज सहरमा सय वर्ष पुरानो चर्च भत्किएको बताइएको छ ।

प्रहरीका अनुसार राष्ट्रपति फर्डिनान्ड मार्कोसको निवास रहेको प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएका छन् । यस्तै भूकम्पको क्षतिका कारण प्रदेश राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको छ।