डेंगीबाट एक महिलाको मृत्यु

न्युजलय २२ साउन २०८०, सोमबार ०९:३८ मा प्रकाशित

पाल्पा । डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।

मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।