काठमाडौं । अष्ट्रेलियाको ब्रिस्बेननजिकै आइतवार(आज) एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ ।
चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो ।
क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेको बताइएको छ । ।