कोरोना बढ्न थालेपछि चीनको संघाईमा लकडाउन

न्युजलय १४ चैत २०७८, सोमबार ११:५७ मा प्रकाशित

बीबीसी । चीनको संघाई सहरमा कोरोना बढ्न थालेपछि लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र बन्न थालेपछि आइतबार बिहानदेखि लकडाउन घोषणा गरिएको हो। 

अबको नौ दिनसम्म संघाईमा दुई चरणमा लकडाउन हुने बताइएको छ। सहरको पूर्वी क्षेत्रमा अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ। 

संघाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन्।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बीबीसीमा उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमण सून्य  जस्तै रहेको चीनमा फेरि संक्रमण बढ्न थालेपछि चिन्ता व्यक्त गरिएको छ।