काठमाण्डौ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ ।
विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भन चार जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा दुर्घटना भएको हो ।
अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।