प्रचलित प्रक्रियाअनुसार नै भएको हो, राष्ट्रघात होइन : अर्थमन्त्री शर्मा

न्युजलय ३ असार २०७९, शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले विषयमा सम्बन्धित विभागीय प्रमुख र सचिवहरूसहितको छलफल गरेरै निर्धारण गरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको बिहीबार जवाफ दिँदै शर्माले करका दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरे । 

परिर्वतन गरेका दररेटहरूप्रति आफू पूर्णजिम्मेवार र जवाफदेही रहेको बताए । उनले देशको डलरको सञ्चिति, आयात, उत्पादन र  औद्योगिक वातावरणलाई कसरी अगाडि बढाउने भन्ने विषयलाई समेत ध्यानमा राखेर करका दरहरू परिर्वतन गरेको दाबी गरे । 

शर्माले करका दर परिर्वतन गर्दा कुनै पनि मान्छे भित्र नपसेको दावी गरे ।