ओलीको खुट्टा ढोगेर पुण्य गौतमले गरे एमालेमा प्रवेश

न्युजलय २८ बैशाख २०७९, बुधबार ०२:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सदस्य रहेका पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । गौतमले आज एमाले अध्यक्ष केपी ओलीको हातबाट झण्डा लिदै एमाले प्रवेश गरेका हुन् । गौतमले प्रवेश कार्यक्रममा ओलीको खुट्टा समेत ढोगेका थिए । 


प्रवेश कार्यक्रममा बोल्दै उनले सत्तासीन गठबन्धनलाई पाप दलीय गठबन्धनको संज्ञा दिए । सभामा ओली प्रति कृतज्ञ देखिएका उनले गठबन्धनको चर्को विरोध गर्दै ‘पाप दलीय गठबन्धनको कालो रात चिर्न’ शीर्षकको कविता समेत सुनाएका थिए।