गभर्नरको राजिनामा माग्ने विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप, केही घाइते

न्युजलय ३३ असार २०७९, आइतबार ०५:४९ मा प्रकाशित

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गर्ने नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुबिच झडप भएको छ । 

राष्ट्र बैंकको कार्यलय बालुवाटारमा भएको झडपका क्रममा केही प्रदर्शनकारी घाइते हुनुका साथै केही पक्राउ परेका छन् ।

दुई पक्षबीच झडप हुँदा राष्ट्र बैंक वरपरको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । गभर्नर अधिकारी  एमालेको केन्द्रीय विभागमा रहेकाले नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षका नेविसंघ र अखिल क्रान्तिकारीले आन्दोलन घोषणा गरेका छन् ।