अमेरिकाले स्वीकार्यो एमसिसीबारे नेपालको व्याख्यात्मक टिप्पणी

न्युजलय १७ असोज २०८०, बुधबार ०७:४६ मा प्रकाशित

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालले एमसीए सम्झौता अनुमोदनका क्रममा गरेको व्याख्यात्मक विश्लेषणलाई विशेष अवस्थाको सिफारिसका रूपमा स्वीकार गरेको छ ।


काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा एससिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन अलब्राइटले नेपाल सरकारले गरेको त्यो व्याख्यात्मक विश्लेषणलाई अमेरिकी सरकारले स्वीकार गरेको बताएका हुन् । 


एमसीए नेपालको कार्यान्वयनको अवस्था बुझ्न नेपाल भ्रमण आएकी प्रमुख कार्यकारी अधिकृत अबल्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटवार्ता भएको बताएकी छन् । 


यस परियोजनाका लागि अमेरिकी सरकारको पाँचसय मिलियन डलर र नेपाल सरकारको १९७ मिलियन डलरको साझेदारी रहेको छ ।


नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन बिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) यही भदौ १३ गते कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

विविध अवरोधका बाबजुद एमसिसी कम्प्याक्ट नेपालको संसद्बाट २०७९ साल फागुन १५ गते अनुमोदन भएको थियो ।