काठमाडौं । सरकारले एमसीसी बुधबार (आज) बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ ।
उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा सामान्य धरपकडसमेत भएको छ ।