पशुपति नजिकको पुलको पर्खाल भत्किदा दुई जना घाइते

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०१:०३ मा प्रकाशित

काठमाडौँ । पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ ।

 

बागमती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त गौशालाका अनुसार मंगलबार महाशिवरात्रिमा पूजाका लागि पाशुपत क्षेत्र पुगेका भक्तजनहरूको अत्यधिक भारका कारण इँटाको पर्खाल भत्किएको हो ।


घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । अर्का एक जना अझै अर्धचेत अवस्थामा छन् ।