जीवन आचार्य आर्थिक मामिला मन्त्री, चार जना बिनाविभागीय

न्युजलय २४ असार २०८०, आइतबार ०५:०२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापाले आइतबार(आज) थप तीन जना मन्त्री नियुक्त गरेका छन्।

नियुक्त भएका मन्त्रीहरू जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले आजै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

आज मन्त्री नियुक्त हुनेमा आचार्य र कार्की माओवादी केन्द्रका हुन् भने खत्री नेपाली कांग्रेसका हुन्।

मन्त्री भएकामध्ये आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अरू दुई जना बिनाविभागीय मन्त्री बनेका छन्।

यसअघि मुख्यमन्त्री थापाले शुक्रबार कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाएका थिए।