डेंगुबाट दुई जनाको मृत्यु

न्युजलय २९ भदौ २०७९, बुधबार ०५:३९ मा प्रकाशित

काठमाण्डौ । ललितपुरको ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, हेटौडा उपमहानगरपालिका–१ का चौकी टोल निवासी १३ वर्षीय बालकको पनि डेंगुको संक्रमणबाट मृत्यु भएको छ ।

उनीहरू दुवैको आइतबार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।