हतुवागढीका भुपजीत राईले पाए डिसहोम लक्की ड्र बापत एक लाख नगद राशि

अर्जुन राई अपहेलित १२ असोज २०८०, शुक्रबार ०७:३१ मा प्रकाशित

भोजपुर । हतुवागढी गाउँपालिका–२ दितेनीका भुपजीत राईले डिसहोम लक्की ड्र बापत एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । 


डिसहोमले सञ्चालन गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाको लक्की ड्र नामक योजना अन्तर्गत साप्ताहिक लक्की ड्र विजेता बन्न सफल उनलाई शुक्रबार (आज) एक लाख नगद प्रदान गरिएको हो । 



भुपजित वैदेशिक रोजगारीमा रहेकाले उनको श्रीमती सर्मिला राईलाई डिसहोम केवल नेटवर्क प्रतिनिधि आफैं घोडेटार आएर सम्मान सहित उक्त नगद प्रदान गरेको हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले जानकारी दिनुभयो । 


फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई उक्त लक्कि ड्रमा समावेश गर्ने गरिएको कम्पनीले जनाएको छ ।योजनाअनुसार प्रत्येक हप्ता देशभरका २७ लाख मध्येबाट लक्की ड्र मार्फत ९ जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वक्षेत्रमा ३ लाखमध्येबाट हतुवागढीका भुपजित विजेता भएका हुन् । 



डिसहोम केवल नेटवर्क प्रतिनिधि साथै सम्मानित सर्मिला राईलाई घोडेटार बजार स्थित किरात राई जातिको हतुवागढी क्षेत्रमा नाचिने (हतुवाली स्यामुना शिली) साकेन्वा नृत्य प्रस्तुत गरि स्वागत सम्मान गरिएको थियो ।