दिल्लीमा पनि भेटियो ‘ओमिक्रोन’

न्युजलय १९ मङ्सिर २०७८, आइतबार १२:२२ मा प्रकाशित

काठमाण्डौ ।  भारतको नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । 

दिल्लीमा आइतबार(आज) एकजनामा ओमिक्रोन संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पुष्टि गरेका छन् ।

अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो । स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो। 

जसमध्ये एकजनामा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो।